logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • नेपाल बार विचौलिया बिहीन न्यायपालिका बनाउनुपर्छ भन्नेमा स्पष्ट छ : अध्यक्ष घिमिरे

    नेपाल बार विचौलिया बिहीन न्यायपालिका बनाउनुपर्छ भन्नेमा स्पष्ट छ : अध्यक्ष घिमिरे

    1.2K
    Shares
    नेपाल बार विचौलिया बिहीन न्यायपालिका बनाउनुपर्छ भन्नेमा स्पष्ट छ : अध्यक्ष घिमिरे

    काठमाडौं । कानूनविद्हरुले गुणस्तरीय न्याय सम्पादनका लागि नेपाल प्रहरीको अनुसन्धानदेखि सरकारी वकील, अदालतको फाँट र न्यायपालिकाको काममा सुधार हुनुपर्ने बताएका छन् । बिहीवार नेपाल बार एशोसिएशनको ६७ औं दिवसका अवसरमा बार परिसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कानूनविद्हरुले यस्तो बताएका हुन् ।

    उनीहरुले गुणस्तरीय न्याय सम्पादन हुन नसक्नुमा वकालत र वकीलहरुको मात्रै दोष नरहेको र यसमा सिंगो प्रणाली दोषी रहेको बताए । उनीहरुले न्यायकर्मीहरु स्वार्थ पूरा गर्नका लागि भन्दा पनि न्याय भयो कि भएन भन्ने कुरामा जोड दिएर अघि लाग्नुपर्ने बताए । उनीहरुले न्यायालय र न्यायकर्मीहरुको स्तर धेरै नै खस्किएकाले न्यायालयको सुधार हुन जरुरी भइसकेको बताए ।

    सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायलयमा हुने विकृति, विसंगतिबिरुद्ध नेपाल बार एशोसिएशन न्यायपालिकाको शुद्धीकरणका लागि लागेको बताए । उनले नेपाल बार विचौलिया बिहीन न्यायपालिका बनाउनुपर्छ भन्नेमा स्पष्ट रहेको बताए । उनले न्यायमा जनताको सहज पहुँच होस् भन्ने विषयमा बार लागिपरेको बताए । अध्यक्ष घिमिरेले नेपाल बार एशोसिएशन आवद्ध कानून व्यवसायीहरुले राजनीतिक कुरा गर्नै नहुने भन्ने नरहेको तर न्याय सम्पदानमा राजनीति गर्नुनहुनेमा बार स्पष्ट रहेको पनि बताए ।

    उनले भने, ‘न्यायालयले निकालकोे प्रतिवेदनमा नै न्यायालयमा विकृति, विसंगति, भ्रष्टाचार छ भनेको छ । विचौलियाद्वारा न्याय किनबेच हुन्छ, भन्नेकुरा व्यापक उठेको छ । विकृति, विसंगतिबिरुद्ध नेपाल बार एशोसिएशन लगातार विचौलिया बिहीन न्यायपालिका चाहिन्छ भन्ने अभियानमा छ । हामी अहिले न्यायपालिकाको शुद्धिकरणको अभियानमा छौँ । न्यायमा जनताको सहज पहुँच होस् भन्ने विषयमा हामी लगातार काम गरिरहेका छौँ । नेपाल बारले न्यायालयको गुम्न लागेको साखलाई बचाउन लगातार लागिरहेको छ ।

    वकालतमा बसेका व्यक्तिहरुले राजनीतिक कुराहरु गर्नु अस्वभाविक होइन तर राजनीतिक एजेण्डा मात्रै बोक्छन् भन्ने होइन, नेपाल बार एशोसिएशन आवद्ध कानून व्यवसायीहरुले राजनीति कुराहरु पनि गर्छन्, राजनीति विकृतिका कुराहरु पनि गर्छन् । केही मानिसहरुको कारणले वकालतलाई बदनाम गर्न खोजिएको छ । वकालतमा धेरै मानिसहरु राम्रा छन् । गुणस्तरीय न्याय सम्पादन हुन नसक्नुमा वकालत र वकीलहरुको मात्रै दोष होइन । कानून व्यवसायीको मात्रै दोष होइन, सिंगो प्रणाली दोषी छ । प्रहरीको अनुसन्धानदेखि सुधार जरुरी छ, सरकारी वकीलमा सुधार जरुरी छ । अदालतको फाँटमा सुधार जरुरी छ । न्यायपालिकामा काम गर्ने सुधार हुन जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend