विराटनगर । प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनले संघीय सांसदको शपथग्रहण गर्नुभन्दा एक दिन अगाडि नै राजीनामा दिएका हुन् ।
२०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए ।
उनले हिजो नै मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएको मन्त्री राईका स्वकीय सचिव जीवन राईले जानकारी दिए ।