काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा ७ दिने सूचना जारी गरेको छ ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका उनी प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिए । तर उनी असोज ७ गतेदेखि कार्यालयमा गैरहाजिर रहेको सूचनामा उल्लेख छ ।