logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

    सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

    1K
    Shares
    सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

    ७ पुस बिहबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

    लघुवित्तको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको ३० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend