logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

    लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

    1.2K
    Shares
    लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

    कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताइन् ।

    “परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उनले भनिन्, “यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

    प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन् ।

    राष्ट्रपति भण्डारीले महासङ्घको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend