logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

    2.4K
    Shares
    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

    काठमाडौं । राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

    धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

    बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।

    पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend