काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । छलफलका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्दै छन् ।
दुई नेताबीच बालुवाटारमा छलफल भइरहेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीमा प्रचण्ड र देउवाले दाबी गरिरहेका छन् । प्रचण्डले आफू पहिलो चरणमा प्रधानमन्त्री नबने गठबन्धनको समीकरण फेरिन सक्ने संकेत गरिसकेका छन् ।