बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

गठबन्धन टुट्नु हुन्न, रास्वपालाई गाँसेर जानु तर्कपुर्ण : विश्वप्रकाश शर्मा

गठबन्धन टुट्नु हुन्न, रास्वपालाई गाँसेर जानु तर्कपुर्ण : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि समेटेर अहिलेकै गठबन्धन अघि बढाउनुपर्ने बताएका छन्। उनले आज सामाजिक सञ्जालमा लेख्दै रास्वपालाई गाँसेर जानु तर्कपुर्ण भएको बताएका हुन् ।

प्रतिनिधि सभामा रवि लामिछाने नेतृत्वको रास्वपाबाट २० सांसद छन्। शर्माले लचकता, सहकार्य र विश्वासलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए।

सत्ता गठबन्धनका दलबीच नेपाली कांग्रेस २ वर्ष, माओवादी २ वर्ष र नेकपा एकीकृत समाजवादी १ वर्ष प्रधानमन्त्री हुने गरी समझदारीमा पुगेका थिए।

यो समझदारीमा परिपक्कता रहेको तर इमान्दार र कार्यान्वयनका लागि पारदर्शी उत्तिकै जरूरी रहेको शर्मा बताउँछन्।

‘गठबन्धन टुट्नु हुन्न। रास्वपा गाँसेर जानुपर्छ,’ शर्माले ट्वीट गर्दै भनेका छन्, ‘ संसद ५ बर्ष टिकाउन साझा अपनत्व हुनुपर्छ ‘सत्तामा अनुभवि र नयाँको संयोजन गर्दै राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्परिट हुनुपर्छ।’

यी हुन् महामन्त्री शर्माका सात सुझाव

गठबन्धन टुट्नु हुन्न

रास्वपा गाँसेर जानु तर्कपुर्ण

संसद ५ वर्ष टिकाउन साझा अपनत्व

लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र

रुपान्तरण अनुभुती हुने सुशासनको सूत्रबद्ध योजना

सत्तामा अनुभवी र नयाँको संयोजन

राज्यको डेलिभरी क्षमता वृद्धिमा टीम स्पीरिट

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend