काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । उनी बालुवाटारमा जारी बैठकबाट बाहिरिएका हुन् ।
बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कुनै पनि सहमति नगरी बैठकबाट निस्किएका हुन् ।
सरकार निर्माणका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ । त्यसअघि नै दलहरू सहमतिमा पुग्नुपर्ने बाध्यता छ ।