बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बालकोटमा बढ्यो नेताहरुको भिडभाड, प्रचण्ड पनि पुगे ओली निवास

बालकोटमा बढ्यो नेताहरुको भिडभाड, प्रचण्ड पनि पुगे ओली निवास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् ।

अध्यक्ष ओलीलाई भट्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि बालकोट पुगेका छन् ।

प्रतिनिधीसभामा २० सिट भएको रास्वापका अध्यक्ष लामिछाने अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि बालकोट बोलाएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend