काठमाडौं । सरकारमा जाने निर्णय गरेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति निवास पुगेका छन् ।
काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यको बैठकले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
सो बैठकपछि अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई दुवैजना राष्ट्रपति कार्यालय गएको पार्टी स्रोतले जनाएको छ ।