काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने भएका हुन् ।
आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने नेता हरिबोल गजुरेलले बताए ।
श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् ।