काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन नसकेको हो ।
जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने अझै टुंगो भने नलागेको बताए ।
उनले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीको बैठकले तय गर्नेछ ।’