काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा खुसी लागेको बताएका छन् । गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुक मार्फत खुसी व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘‘रवी लामिछाने गृह मन्त्री बन्नु भएकोमा खुसी लाग्यो है १ अब केही तह लाग्छन् होला !”
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका हुन् ।