बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका देउवा भाडाको घर खोज्दै

सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका देउवा भाडाको घर खोज्दै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाड्न केही दिन लाग्ने भएको छ । सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।

बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने भएकाले भाडाको घर खोज्ने कार्य जारी रहेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

मर्मत कार्य सम्पन्न हुनका लागि ४ महिनाजति लाग्ने देखिएको भन्दै उनले सो अवधिमा देउवा भाडाको घरमा बस्ने जानकारी दिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend