logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सेयर बजारमा उल्लास, परिसूचक ५९.८७ अंकले वृद्धि

    सेयर बजारमा उल्लास, परिसूचक ५९.८७ अंकले वृद्धि

    1.6K
    Shares
    सेयर बजारमा उल्लास, परिसूचक ५९.८७ अंकले वृद्धि

    काठमाडौं ।  मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेप्से बढेसँगै काराेबार रकममा पनि करिव ५ महिना यताकै उच्च  वृद्धि  भएको छ ।

    नेप्से परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंकले बढेको छ ।

    मंगलवार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार २ अर्ब बराबरको कारोबार भएको थियो ।

    मंगलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

    नेप्से बढेसँगै मंगलवार ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ । जसमा बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend