
काठमाडौँ । काठमाडौँको कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।
अत्याधिक धूँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक/एक ओटा गरी १३ ओटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले मंगलबार कलंकीमा ४० ओटा सवारी साधनलाई चेक गर्दा १३ ओटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend