बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट, सरकारमा सहभागी हुन अनुरोध

प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट, सरकारमा सहभागी हुन अनुरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेका उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend