
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लागेका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्।
खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि डाकिएको छ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान नेपालसँग भेटवार्ता गरेका थिए। ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend