काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले प्रजिअहरु हेरफेर गरेका हुन् ।
आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका पत्नी सुप्रभा ढुंगेललाई उनले मनाङको प्रजिअमा सरुवा गरेका छन् । गृह मन्त्रालयमा कार्यरत वसन्त भट्टराईलाई सोलुखुम्बुको सीडीओ बनाइएको छ ।
रसुवामा प्रकाशचन्द्र अधिकारी र बाजुरामा पुष्कर खड्कालाई सरुवा गरिएको छ । गृह मन्त्रालयका अधिकारीहरूका अनुसार मनाङका रवीन्द्र आचार्यलाई काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी पदमा सरुवा गरिएको छ ।