logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विशेष महाधिवेशन र पार्टी सभापतिको राजिनामा बारे केन्द्रिय कार्यसमितिको बैठकमा छलफल हुन्छ : सहमहामन्त्री पाण्डे

    विशेष महाधिवेशन र पार्टी सभापतिको राजिनामा बारे केन्द्रिय कार्यसमितिको बैठकमा छलफल हुन्छ : सहमहामन्त्री पाण्डे

    1.1K
    Shares
    विशेष महाधिवेशन र पार्टी सभापतिको राजिनामा बारे केन्द्रिय कार्यसमितिको बैठकमा छलफल हुन्छ : सहमहामन्त्री पाण्डे

    काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रिय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । बुधवार काँग्रेस संस्थनापन इतरपक्षहरुको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताए । उनले पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताए ।

    उनले भने, ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो त्यसमा समीक्षा हुनुपर्छ भन्नेबारेमा खुला ढंगले छलफल गर्नेछौँ । हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रिय कार्यसमितिमा छलफल हुनेछ । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठकमा निर्णयमा पु¥याउनु पर्छ ।’

    नेपाली काँग्रेस संस्थापन इतर पक्षको बैठकमा काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend