logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव

    संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव

    1.4K
    Shares
    संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताएका छन् । बुधवार पार्टीको संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन् ।

    उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भुमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताए । उनले जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताए । उनले मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गरे ।

    उनले भने – ‘संसदीय दलले पार्टीको जे एजेण्डा छ, जे दृष्टिकोण छ, विचार र सिद्धान्त छन् त्यसलाई संगठित रुपले हामीले जुन–जुन ठाउँमा उठाउनुपर्ने हो, संसदमा होस् । भविष्यमा सरकारमा जाने अवस्था आयो भने त्यहाँ, सडकको अवस्था आयो भने त्यहाँ पनि । प्रतिपक्षमा आयो भने त्यहाँ हाम्रो भुमिका सशक्त रुपले निर्वाह गर्नेछौँ । मलाई विश्वास छ जनताले जे आशा, भरोसाका साथ जनता समाजवादी पार्टीलाई यो युगान्तकारी परिवर्तनको बाहक र संघीयताको बाहक भनेको जसपा नेपाल जुन मुद्दालाई उठाउँदै अहिलेसम्म यहाँ अगाडी बढेको छ । जनताको विश्वास छ । त्यसलाई हामी, खास गरेर उत्पीडित समुदायको जे माग र मुद्दा छन् , त्यसलाई हामी सशक्त रुपले उठाउने छौँ । यसका लागि सम्पूर्ण जाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्ग सबैलाई मिलाएर पार्टीको खासगरी मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस, महिला लगायतका समस्याहरुलाई हामीले सम्बोधन गराउनका लागि हरेक ठाउँमा हाम्रो प्रयास रहनेछ ।’

    उनले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भुमिका खेल्ने बताए । उनले आफुले इमान्दारिता र निष्ठाको साथ काम गर्ने पनि बताए । उनले भने– ‘संसदीय दलको नेताको जिम्मेवारी थप भएको छ । पहिलेदेखि पार्टीको जिम्मेवारी जे थियो त्यसमा थपिएको छ । यो जिम्मेवारीलाई पार्टीको विधान, पार्टीको निर्देशन, नीति, सिद्धान्त र जे एजेण्डा छ त्यसलाई प्रभावकारी रुपले इमान्दारिता साथ, निष्ठाका साथ सदनमा म भुमिका निर्वाह गर्ने प्रयास गर्नेछु ।’

    नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पारे ।

    बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधवार पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । एउटा मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उहाँलाई निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend