
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष कम्पनीले ९.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४८ प्रतिशत नगद गरी कुल १०.१ प्रतिशत लाभांश दिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend