काठमाडौं । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्ने निर्णय गरेका छन् । बालुवाटारमा आज (बिहीबार) बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको हो ।
पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय
गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।
कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।
न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको लामिछानेले बताए । उनले बैठकमा मन्त्रीमण्डल बिस्तारका बारेमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम तय गर्ने, ५ दिनभित्र न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्युनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्युलाई अघि बढाउने नर्णय भयो । मन्त्रीमण्डल बिस्तारका विषयमा छलफल भयो । मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा छलफल भयो ।’
गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्नेकुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।