काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले कानुन बमोजिमको काम गर्न मन्त्रीलाई भेट्न नपर्ने बताएका छन् । आज साँझ सामाजिक सञ्जालमार्फ उनले भनेका छन्- ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन्।’
उनले भनेका छन्- ‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो।’
‘सम्पूर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद टक्र्याएको छु’ उनले भनेका छन्- ‘अब भेटघाट, फुलमाला, खादा, गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन्।’
हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं। हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।