बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कम्बोडियाको घटनाप्रति प्रधानमन्त्रीको गहिरो दुःख व्यक्त, पाण्डेको शव नेपाल ल्याउन निर्देशन

कम्बोडियाको घटनाप्रति प्रधानमन्त्रीको गहिरो दुःख व्यक्त, पाण्डेको शव नेपाल ल्याउन निर्देशन

पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्नुहुँदै नेकपा मओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री दाहालले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend