तनहुँ । तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.नं. ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको हो ।
बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल पुर्याइएको मियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मिया तनहुँको भानु नगरपालिका १३ समजपुर बस्थे ।
बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीेले नियन्त्रणमा लिएको छ ।