बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कला, साहित्य तथा संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व : मेयर दाहाल

कला, साहित्य तथा संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताएकी छन् ।

भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले शनिबार ८७ औँ भूपी जयन्तीको अवसरमा आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मेयर दाहालले कला साहित्य तथा संस्कृतिको जर्गेना गर्न महानगरले प्रतिष्ठानको स्थापना गरेको उल्लेख गरिन् ।

भरतपुर प्रज्ञा–प्रतिष्ठानको कुलपति समेत रहेकी मेयर दाहालले कला साहित्यको क्षेत्रमा कमल चलाउनेहरूलाई सानो भए पनि आर्थिक सहयोग प्रदान गरेर देशको ६ वटा महानगरपालिका मध्ये भरतपुरले नयाँ कामको थालनी गरेको बताइन् । मेयर दाहालले कवि भूपी शेरचनले नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनले श्रद्धा सुमन व्यक्त गरिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend