काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ८.१७ अंकले वृद्धि भएको छ।
नेप्से ८.१७ अंकले बढेर २०३७.२० विन्दुमा पुगेको छ
यो सेसनमा २४ स्टकको सेयर कारोबार भएको छ। जसमध्ये २१ को मूल्य बढ्यो भने २ को घट्यो। बाँकी १ स्टकको मूल्य स्थिर रह्यो।
प्री ओपन सेसनमा २२३८ कित्ता सेयर ११ लाख ७५ हजार ६२२ रुपैयाँमा खरिदबिक्री भयो।