बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गायक दुर्गेश थापामाथि स्टेजमा ढुंगा प्रहार

गायक दुर्गेश थापामाथि स्टेजमा ढुंगा प्रहार

काठमाडौं । गायक दुर्गेश थापामाथि स्टेजमै आक्रमण भएको छ । शनिबार बेलुका कपिलवस्तुको चनौटामा जारी महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको भएको हो ।

नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको विवादमा खलपात्रको भूमिका खेलेको भन्दै विवादित बनेका कलाकार थापामाथि सोही कुरालाई लिएर स्टेजमै ढुंगा प्रहार भएको हो ।

शाहलाई फसाउन सहयोग गरेको थापामाथि आरोप छ । नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् ।

उनीमाथि आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend