logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • भूकम्पीय जोखिम न्यूनिकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्छ : चिरिबाबु महर्जन

    भूकम्पीय जोखिम न्यूनिकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्छ : चिरिबाबु महर्जन

    1.5K
    Shares
    भूकम्पीय जोखिम न्यूनिकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्छ : चिरिबाबु महर्जन

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनिकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताए । सोमबार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले ललितपुर महानगरपालिकाले सो आचारसंहिताको पालनामा कडाई गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको दृष्टान्त समेत प्रस्तुत गरे ।

    मेयर महर्जनले भने, ‘ललितपुर महानगरपालिकाले यो भवन निर्माण संहिता यो मुलुकमा पहिलो पटक लागू ग¥यो । त्यसकारण २०७२ सालको भूकम्पमा मानवीय क्षतिको पनि काम भएको थियो । भौतिक संरचनाहरुको क्षति पनि कम भएको थियो । तसर्थ, यो विषयबस्तुहरुलाई हामीले गम्भिरतापूर्वक लिएर अगाडि बढन सकेको खण्डमा क्षति न्यूनिकरण गराउन सकिन्छ । यसलाई सबै स्थानीय तहमा लागू गराउँदा राम्रो म्यासेज जान्छ । ’

    मेयर महर्जनले नागरिकले विपद् हुनुअघि नै सूचना पाउनुपर्ने हक संविधानमै व्यवस्था भएकाले त्यसको पनि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्मरण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend