logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया

    हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया

    1.2K
    Shares
    हल्ट प्राइजका सहभागीलाई सौरभ ज्योतिको आइडिया

    काठमाडौं । हल्ट प्राइजले सफ्टवेरिका कलेजमा हल्ट प्राइज प्रतियोगितामा सहभागी विद्यार्थीहरुका लागि ‘आइडिया टु इन्टरप्रेन्योर’ विषयक कार्यक्रमको आयोजना गरेको छ ।

    कार्यक्रममा उद्यमी सौरभ ज्योतिले नेपालमा औद्योगिक अवस्थाको बारेमा आफ्ना विचारहरु सेयर गरेका थिए । उनले सहभागीहरुसँग भने, ‘कोरोना भाइरसको महामारीले विश्वभरका व्यवसायका लागि अभूतपूर्व चुनौति खडा गरेको छ तर नेपालको आइटी उद्योगका लागि यसले वृद्धि र विकासका अवसरहरु पनि प्रदान गरेको छ ।’

    ‘महामारीको समयमा आइटी उद्योगको ठूलो विकास भएको छ’, ज्योतिले भने, ‘घरबाटै काम गर्नु र अनलाइन सञ्चार सामान्य बनेका कारण व्यवसायीहरुले यो परिवर्तनमा आफूलाई अनुकूलन गर्नुपरेको छ ।’

    ज्योतिले नेपाल शून्य कार्बन उत्सर्जन गर्ने मुलुक बन्न सक्ने सम्भावनालाई पनि प्रकाश पार्दै मुलुकमा दिगोपनको उच्च सम्भावना रहेको बताए । उनले भने, ‘यो संक्रमणमा तथ्यांकले महत्वपूर्ण भूमिका खेल्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend