logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा उछाल : नेप्स परिसूचक ६४.८७ अंकले वृद्धि

    शेयर बजारमा उछाल : नेप्स परिसूचक ६४.८७ अंकले वृद्धि

    1.8K
    Shares
    शेयर बजारमा उछाल : नेप्स परिसूचक ६४.८७ अंकले वृद्धि

    काठमाडौं । मंगलवार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो ।

    नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ । त्यस्तै बुधवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अंकले बढेको छ ।

    बुधवार कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ । मंगलवार ३ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको थियो ।

    बुधवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ९.७४ प्रतिशत बढेको छ । त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । यता विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

    नेप्से परिसूचक बढेसँगै २४ भन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कालिका लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा बुधवार हिमालयन डिष्टिलरीले ११ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend