काठमाडाै । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।
बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक हो ।
आज सरकारले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिँदै छ ।
मन्त्रिपरिषद्को बैठकपछि बालुवाटार सत्ता साझेदार दलको बैठक बस्नेछ ।