logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्र बैंकले संशोधन गरेको चालुपूँजी कर्जा मार्ग दर्शन स्वागतयोग्य : अध्यक्ष गोल्छा

    राष्ट्र बैंकले संशोधन गरेको चालुपूँजी कर्जा मार्ग दर्शन स्वागतयोग्य : अध्यक्ष गोल्छा

    2K
    Shares
    राष्ट्र बैंकले संशोधन गरेको चालुपूँजी कर्जा मार्ग दर्शन स्वागतयोग्य : अध्यक्ष गोल्छा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपूँजी कर्जा मार्ग  दर्शन स्वागतयोग्य रहेको बताएका छन् ।

    बिहीवार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपूँजी कर्जा मार्ग दर्शन स्वागतयोग्य रहेको बताएका हुन् ।

    उनले उद्योगी व्यवसायीका समस्या चालुपूँजी कर्जा मार्ग दर्शनमा केही नीतिहरु परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतिको सामान गर्न नसक्ने बताए । उनले सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने, तरलता सहज बनाउने लगायतका काम गर्नुपर्नेमा जोड दिए ।

    अध्यक्ष गोल्छाले नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौति खेप्नुपर्ने बताए । उनले खुला सीमानाबाट अनाधिकृत रुपमा भइरहेको आयातका कारण सरकारको राजश्व संकलनको लक्ष्य भन्दा तल पुगेको बताए ।

    राजश्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको बताउँदै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रलाई योगदान गर्ने प्रमुख क्षेत्र जुत्ताचप्पल उद्योग पनि भएको बताए ।

    उनले जुत्ता चप्पल क्षेत्रमा आत्मनिर्भर भएकाले चुत्ता आयात गर्नुपर्ने अवस्था नभएको बताए । उनले जुत्ता चप्पल उद्योगमा देखिएका समस्या समाधान सरकारले तत्काल गर्न आवश्यक रहेको जानकारी दिए ।

    त्यस्तै कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले जुत्ता चप्पल उद्योगका लागि आवश्यक नीतिहरु स्पष्ट नभएको कारण समस्यामा परेको बताए ।

    उनले भारतीय खुला सीमानाबाट जुत्ताचप्पल नेपाल आउने भएकाले उद्योगीहरु समस्यामा रहेको जानकारी दिए । उनले सरकारले खुला सीमानाबाट हुने चोरीपैठारी नियन्त्रण गरी राजश्वको दायरामा ल्याउनुपर्ने बताए ।

    नयाँ सरकारले विधिको शासनलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्ने बताउँदै अध्यक्ष मल्लले नेपालमा उत्पादित जुत्ताचप्पल निर्यातमा प्रोत्साहन गरी विदेशी ब्राण्डलाई नेपालमा ल्याउन सक्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता चप्पल उद्योगको लागि नीति तथा कार्यक्रम ल्याएपनि कार्यान्वयन फितलो रहेको गुनासो गरे ।

    उनले सरकारको नीति नियम कार्यान्वयन प्रभावकारी नहुँदा र चोरीपैठारीको सामान नेपालमा आउँदा जुत्ता उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बताए । बैंकको चर्को ब्याजर, तरलताको अभावको कारण उद्योगीहरु समस्यामा परेको उनको भनाई थियो।

    नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला शुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । प्रदर्शनीमा कुल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ४० विदेशी कम्पनी रहेको छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend