शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सम्झौता कार्यान्वय नभए सेभेन थ्री स्पोर्टसँगको सहकार्य टुट्ने क्यानको चेतावनी

सम्झौता कार्यान्वय नभए सेभेन थ्री स्पोर्टसँगको सहकार्य टुट्ने क्यानको चेतावनी

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसँगको सम्झौत पूर्ण रुपमा कार्यन्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने चेतावनी दिएका छन् ।

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौता अनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए ।

सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौति भएको भन्दै सोमवार भारत गएका थिए । नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने बताए ।

पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत १ करोड २० लाख दिइसकेको र बिहीवार एक करोड पठाएको अध्यक्ष चन्दले बताए । सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले जानकारी दिए । अध्यक्ष चन्दले फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको बताए ।

चन्दले केही टोलीको पारिश्रमिक मालिकहरुले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधि भर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रुपमा आयोजना हुने जानकारी दिए । जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चार माध्ययमा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौं टिका टिप्पणी हुन थालेका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend