जनकपुरधाम । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । पुस २८ गते बिहीबार साँझ ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ।
कुनै एक दलको स्पष्ट बहुमत नभएकाले प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरिएकाे छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९-९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १-१ र पाँच स्वतन्त्र सांसद छन् ।