मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो तोलाको ?

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो तोलाको ?

काटमाडौं । सुनको भाउ आज फेरि बढेको छ ।

अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend