बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

ज्योति विकास बैंकको लाभांश घोषणा

ज्योति विकास बैंकको लाभांश घोषणा

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र करसहित ३.८० प्रतिशत नगद गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

गत वर्ष भने कम्पनीले ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गरेको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend