काठमाडाैं । कालिञ्चोक दर्शन कम्पनीले ८ लाख भन्दा माथिको संख्या सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ माघबाट आवेदन दिन सक्नेगरी आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने जनाएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । जसको १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।
२ प्रतिशतले हुन आउने २१ हजार ६ सय कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।