मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

मुक्तिनाथ विकास बैंक र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ ।

स्थापनाको १७औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामुलक उक्त संस्थासँग सम्झौता गरेको हो ।

दीगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिन उक्त संस्थासँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकका अध्यक्ष भरतराज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा। भगवान कोईरालाले हस्ताक्षर गरे । उक्त सम्झौता बमोजिम झापाको दमकस्थित निर्माणाधीन बालअस्पतालका लागि बैंकले ५ लाख रुपैयाँ सहयोग गर्नेछ ।

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend