logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सिरहामा शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा एक छात्राको मृत्यु, स्थिति तनाव

    सिरहामा शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा एक छात्राको मृत्यु, स्थिति तनाव

    2K
    Shares
    सिरहामा शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा एक छात्राको मृत्यु, स्थिति तनाव

    काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महराको मृत्यु भएको छ । शिक्षिकाले दिएको स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

    छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिइन् । शिक्षिकाले दिएको स्प्रिट पिउँदा महराको मृत्यु भएको हो ।

    पुस २२ मा महिनावारी भएर पेट दुखेपछि सिर्जनाले औषधी मगाइन् । औषधी खान पानी माग्दा शिक्षिका अम्बिका लम्सालले दिएको स्प्रिट पिउँदा उनी अस्वस्थ भइन् । पानी भनेर झुक्किएर स्प्रिट दिने शिक्षिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

    सिरहा नगरपालिका–११ भलुवाही घर भएकी सिर्जनाको उपचारको क्रममा कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा शनिबार साँझ मृत्यु भएको हो ।

    छात्राको मृत्युपछि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend