बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : उपेन्द्र यादव

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन कुनै समस्या नभएको बताएका छन् । आज अध्यक्ष यादव र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीन जनाको भेट भएको हो ।

भेटका विषयमा बोल्दै यादवले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीबाट विश्वासको मत दिने बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौं । त्यसमा कुनै समस्या छैन । हामीले मात्रै होइन अरु दलले समेत विश्वासको मत दिन्छन्’  यादवले भने, ‘सबै दलले विश्वासको दिने भएकाले सजिलै प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend