काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बसेको छ । प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुंग्याउन र सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको उपस्थिती रहेको छ ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने मिति नजिकिएसँगै आज सत्ता साझेदार दलको बैठक बसेको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिने मिति तय भएकाे छ ।