logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लोसपाको कार्यकारिणी समितिको बैठक : प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार ठाकुरलाई

    लोसपाको कार्यकारिणी समितिको बैठक : प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार ठाकुरलाई

    1.4K
    Shares
    लोसपाको कार्यकारिणी समितिको बैठक : प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार ठाकुरलाई

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको हो । यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । लोसपाको प्रतिनिधिसभामा चार सांसद छन्।

    लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । सङ्गठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend