काठमाडौ. । प्रदेश १ मा माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएको छ ।
मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश सांसदहरूको भावना विपरीत निर्णय गरेको भन्दै तत्काल सरकारमा नजाने माओवादी केन्द्रले जनाएको छ ।
प्रदेशका प्रदेश सांसदहरूको भावना विपरीत प्रदेश सरकारको नेतृत्व आलोपालोको सहमति नगरेकाले तत्काल सरकारमा नजाने बताएका हुन् ।
सत्तारूढ दलका शीर्ष नेताहरूले यस प्रदेशमा सरकारको नेतृत्वको विषयमा गरेको निर्णय सच्याउन माग गरेका छन् ।
एमालेका नवनियुक्त मुख्यमन्त्री कार्कीले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेर शपथ लिने तयारी गरेका बेला माओवादी केन्द्रले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
कार्कीले आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा शपथ लिने कार्यक्रम रहेको छ ।