मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ बढ्याे, कतिमा हुदैछ काराेबार ?

सुनको भाउ बढ्याे, कतिमा हुदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्ने क्रम जारी छ। आइतबार प्रतितोला १ हजार रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोलामा ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend