logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ३३ सांसदको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले गरे दावी पेस

    ३३ सांसदको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले गरे दावी पेस

    1.4K
    Shares
    ३३ सांसदको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले गरे दावी पेस

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारीले गरे दावी पेस गरेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले ३३ सांसदको समर्थनमा दावी पेस गरेका हुन् ।

    अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ ।

    प्रदेश प्रमुख गुरुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार अपराहन्न ४ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend