बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अहिलेको राजनीतिक संस्कृतिले संघीयता बचाउन सकिँदैनः अध्यक्ष केसी

अहिलेको राजनीतिक संस्कृतिले संघीयता बचाउन सकिँदैनः अध्यक्ष केसी

sf7df8f}F, @% k';M k|ltlglw;ef a}7sdf– ;f+;b s];L /fli6«o hgdf]rf{sf g]tf Pj+ k|ltlglw;efsf ;b:o lrqaxfb'/ s];L ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताए ।

उनले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताए । उनले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरु सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भएपनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताए । उनले निर्वाचन लडि नसक्नु रहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरुले थुपारेको बताए । उनले राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था नरहेको बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको मैले सुनेको थिएँ, देश स्वीजरल्याण्ड बन्छ, भयो त त्यस्तो ? देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने, भएका सार्वजनिक कलकारखाना निजीकरण गर्ने, व्यक्तिलाई दिने, कारखाना यो संघीय प्रणाली अनुसार खोलेको केको लागि भन्दा मन्त्री बन्नका लागि । सांसद हुन, देशमा मन्त्रीको संख्या बढी भयो भने सांसदको संख्या बढी भयो भने त्यो देशको अर्थतन्त्रले धान्छ । कुन प्रधानमन्त्रीले, कुन अर्थमन्त्रीले देशमा भ्रष्टाचार अन्त्य गर्नुहुन्न त्यसलाई बढाउनुपर्छ भनेर कसले भनेको छ ? तर वास्तवमा व्यवहारमा के छ ? अहिले पनि देश बेवारिसे नै छ । हामी विशुद्ध सत्तामा कसरी जाने ? जुनसुकै मूल्य चुकाएर भएपनि त्यही छ । चुनाव लडिसक्नु, गइनसक्नु भइसकेछ । यो कसका कारणले, यो अरुले थुपारेको हो ? राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्नुभने हामीले देश जोगाउन सक्दैनाँै । संघीयता जोगिनै सक्दैन ।’

अध्यक्ष केसीले न्यायलयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबैकुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताए । उनले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend