logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : सांसद पौडेल

    अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : सांसद पौडेल

    1.9K
    Shares
    अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : सांसद पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताए । उनले नेपाली काँग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो अवसरलाई सही सदुपयोग गर्नुपर्ने बताए । उनले बेथितिका बिरुद्ध पार्टीले जनताको आवाजलाई बुलन्द गर्ने बताए । उनले नेपाली काँग्रेस नयाँ ढंगबाट आएको सन्देश जनतालाई दिन सक्नुपर्ने बताए । सांसद पौडेलले काँग्रेसले प्रतिपक्षमा रहेर जनताका समस्या उजागर गरेर संसदलाई प्रभावकारी बनाउने बताए ।

    उनले भने, ‘प्रतिपक्ष भुमिका हाम्रा लागि अवसर हो, यो अवसरलाई हामीले जतिसक्दो प्रभावकारी ढंगबाट हामीले उपयोग गर्न सक्नुपर्छ । बेथितिका बिरुद्ध हामीले संसदको आवाजलाई बुलन्द गर्न सक्नुपर्छ । नेपाली काँग्रेस नयाँ ढंगबाट आएको सन्देश हामीले दिन सक्नुपर्छ । यस्तो व्यवस्थामा सहमतिको सरकारको व्यवस्था हुँदैन । यो व्यवस्थामा सरकार हुन्छ, प्रतिपक्ष हुन्छ । दुवै आवश्यक पर्छ । सरकार बहुमत पुग्नेले निर्माण गर्छ, प्रतिपक्ष बेन्चमा बसेर सरकारलाई खबरदारी गर्छ । संसदलाई प्रभावकारी बनाउने गरी प्रतिपक्षले काम गर्नुपर्छ । यो व्यवस्थाको सौन्दर्यतालाई कायम गरेर नै अघि बढ्नुपर्छ ।’

    सांसद पौडेलले आजको बैठकमा शिर्ष नेताहरुले सुशासन र बेथिति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आगामी दिनमा यस कार्यमा लाग्न पहल हुने विश्वास लिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend